निर्वाचन आयोगले दलहरूलाई प्रतिबद्धतापत्रमा आज हस्ताक्षर गराउँदै

निर्वाचन आयोगले दलहरूलाई प्रतिबद्धतापत्रमा आज हस्ताक्षर गराउँदै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरूलाई आचारसंहितामा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धतापत्रमा आज मंगलबार हस्ताक्षर गराउँदै छ । छलफलका लागि ११:३० बजे आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने ६ वटा राष्ट्रियसहमति कुल ७९ वटा राजनीतिक दललाई आचारसंहितासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउन लागेको हो ।

‘दलहरूलाई साढे ११ बजेका लागि बोलाइएको छ, आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहनेगरी आयोगले दललाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउँदै छ, दलहरूलाई हस्ताक्षर गराएपछि आयोगले उपर्युक्त समय हेरेर निर्वाचन आचारसंहिता जारी गर्छ,’ आयोगले भन्यो ।

विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।