राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन


ग्लोब नेपाल
945
Shares

काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो ।

सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न भन्दै प्रतितपत्र अर्थात एल.सी नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तुबाहेक अरू विलासी सामानहरूको आयात नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।

नेपाली बजारमा अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।