तालमेलकाे माेडालिटी तयार गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा

तालमेलकाे माेडालिटी तयार गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएकाे हाे । आजकाे बैठकमा तालमेलकाे माेटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेलले बताइन् । १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकाे थियाे ।