रणबीर र आलियाको बिवाह पक्का

रणबीर र आलियाको बिवाह पक्का



भारतीय अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको बिवाह हुने पक्का भएको छ ।

उनीहरु यही अप्रिल महिनाको दोस्रो साता बिवाह बन्धनमा बाधिने भएका हुन । रणीबर र आलियाले लामो समय देखिको प्रेम सम्बन्धलाई अब बिवाहमा परिणत गर्न लागेका हुन् । धेरै समय अघिदेखि यो जोडीको बिवाह हुने कुरा चर्चामा आएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार आलियाको मामा घरका हजुरबुवा एन राजदानको स्वास्थ्य अवस्था ठिक नभएको र उनले नातिनी आलियाको रणबीरसँग बिवाह भएको हेर्ने इच्छा व्यक्त गरेका थिए ।

रणबीर र आलियाको बिवाह बाहिर नभएर मुम्बइमानै हुनेछ । उनीहरूको बिवाह रणबीरको पुर्खौली घर आरके हाउसमा हनेछ । जहाँ रणबीरका बुवा ऋषि कपुर र आमा नीतु कपुरले बिवाह गरेका थिए । उनीहरूको बिवाहमा ४/५ सय मानिसहरूलाई मात्र निमन्त्रणा गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

व्यक्तिगत बाहेक उनीहरु फिल्मी क्षेत्रमा पनि एउटै स्क्रीनमासँगै देखिने भएका छन् ।उनीहरूले अयान मुखर्जीको फिल्म ब्रम्हास्त्रमा काम गरेका छन् । यो फिल्मको टीजर पनि रिलिज भैसकेको छ । एकैसाथ काम गरेको उनीहरूको यो पहिलो फिल्म हो ।