राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

के गर्न पाइने, के नपाइने ?


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ ।

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।

आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भई आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ । तर नेकपा एमाले सहितका केहीले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् ।