आईपीएलमा बेंग्लोरको दोस्रो जित

आईपीएलमा बेंग्लोरको दोस्रो जित


ग्लोब नेपाल
162
Shares

मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले दोस्रो जित निकालेको छ । आईपीएलमा गएराति बेंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । १७० रनको लक्ष्य बेंग्लोरले ५ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।

बेंग्लोरलेको जितमा साहबाज अहमेदले ४५ रन जोड्दा दिनेश कार्तिक ४४ रनमा अविजित रहे । त्यस्तै कप्तान फाफ डुप्लेसिसले २९ तथा अनुज रावतले २६ रन बनाए । बलिङमा राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहेलले समान २२ विकेट हात पारे । यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ३ विकेटको नोक्सानीमा १६९ रन बनाएको थियो ।

उसका लागि जोश बट्लरले ७० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै देवीदत्त पटेलले ३७ रन बनाउँदा सिमरोन हेट्मेयर ४२ रनमा नटआउट रहे । आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।