नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

आगामी वर्ष २०२३ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने पनि एडीबीको प्रक्षेपण छ


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपालको यो वर्ष आर्थिक वृद्धिदर करिब ४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंकले बुधबार सार्वजनिक गरेको एशियन डेभलेपमेन्ट आउट लूक २०२२ मा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशत पुग्ने जनाएको हो ।

यसअघि बैंकले २ दशमलब ३ प्रतिशतको आँकलन गरेको थियो । प्रभावकारी खोप परिचालनसँगै महामारी नियन्त्रणमा आएर अर्थतन्त्र चलायमान भएसँण्गै आर्थिक वृद्धिमा सुधार हुने देखिएको बैंकले जनाएको छ । साथै आगामी वर्ष २०२३ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने पनि एडीबीको प्रक्षेपण छ ।

तथापि पछिल्लो समय रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले नेपालको समग्र मुद्रास्फिति, शोधनान्तर र चालु खाता घाटामा थप चाप पर्ने देखिएको पनि एडीबीले जनाएको छ । २०२२ मा मूल्यवृद्धि साढे ६ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । २०२१ मा मूल्यवृद्धि ३ दशमलब ९ प्रतिशत रहेको थियो ।