नेपालबाट भारतले थप ३२५ मेगावाट विजुली खरिद गर्ने

नेपालबाट भारतले थप ३२५ मेगावाट विजुली खरिद गर्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।