नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौ‌: बिबिसी मास्टर सेफ साह

नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन चाहन्छौ‌: बिबिसी मास्टर सेफ साह

बिबिसी सेफ टोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ ।


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सेलिब्रेटी ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आफ्नो टोलीले भूमिका खेल्ने बताएका छन् । ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फइनालिस्ट सेफ साहसहितको टोली हिजो बिहीबार नेपाल आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल र नेपालीपन, रहनसहन र संस्कृतिसामु साक्षात्कार गर्न पाउँदा धेरै उत्साहित भएको बताए ।

उनले भने, “कोभिड कहरपछि अब नेपाल पर्यटनका लागि खुला छ ‘नेपाल इज ओपन नाऊ’, नेपाल पहिलाजस्तै पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सन्देश विश्वसमुदायलाई दिन चाहन्छौँ र नेपाल प्रवद्र्धनको सन्देश लिएर फर्कन्छौँ । विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका निम्ति आह्वान पनि गर्छौँ ।’

‘नेपाल आएको सेफ टोली पनि उत्साहित रहेको छ । नेपाल सुन्दर छ, नेपालको प्रवद्र्धन गर्नुपरो यहाँको संस्कृति, सभ्यता र नेपालीपन हेरेर नेपालको सन्देश विश्व बजारमा पु-याउन उनीहरुले सहयोग गर्नेछन्’, सेफ साहले भने ।

उनले सगरमाथाको कालापत्थर पुगेर नेपालको सन्देश विश्वलाई दिन चाहेको पनि बताए । नेपाली खानाको संस्कृतिबारे उनीहरूलाई जानकारी गराउँदै उचाइको अनुभव लिन पनि लालाहित रहेको बताए ।

सोफ टोली नेपाल आउन पाएकामा उत्साहित रहेको भन्दै सेफ साहले वास्तविक नेपाल र यहाँको संस्कृति र पहिचानबारे अवगत गराएर नेपालको प्रवद्र्धन गर्न पहल गरिने उल्लेख गरे । बिबिसी सेफ टोलीले नेपालको अनुपम प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा विश्व पर्यटनको आकर्षण रहेकाले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गर्दै यो सन्देश लिएर फर्किने जनाएको छ ।

सेफबाट भन डर लीले नेपाल र नेपालीको आतित्थ्यताप्रति आफूहरू उत्साहित रहेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोगी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।