आलोचकलाई राशी खन्नाको यस्तो जवाफ

आलोचकलाई राशी खन्नाको यस्तो जवाफ



दक्षिण भारतीय फिल्म अभिनेत्री राशी खन्नामाथि दक्षिणी भारतको फिल्म उद्योगको नाम बदनाम गरेको आरोप लागेको छ । केहि समय अगाडि उनले दिएको एक अन्तर्वार्तामा दक्षिण भारत र बलिउड फिल्म उद्योगवारे आफ्नो अनुभवहरू सार्वजनिक गरेकी थिइन् । सोहि कुरालाई लिएर उनीमाथि साउथ फिल्म इन्डस्ट्रीको नाम बदनाम गरेको आरोप लागेको हो

राशी भारतीय अभिनेता अजय देवगनको वेब सिरिज ‘रुद्र– द एज अफ डार्कनेस’ मा देखिएकी छिन् । उनले पहिलो पटक यस्तो भूमिकामा काम गर्न पाएको भनेकी थिइन् । राशीले दक्षिण भारतीय फिल्म र भारतकै बलिउड फिल्म अलि भिन्न रहेको र दक्षिण भारतीय फिल्ममा महिलाको कदर नहुने बताएकी थिइन । राशीले दक्षिण भरतीय फिल्ममा अभिनेत्रीहरूको अभिनयलाइ भन्दा पनि लुक्सलाई बढी प्रथामिकता दिइने गरेको भनेकी थिइन् । यसै कुरालाई लिएर आपत्ति जनाउँदै केहि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दक्षिण भारतीय फिल्मको प्रतिष्ठा खराब गरेको आरोप लगाएका थिए ।

सोहि आरोपलाई खण्डन गर्दै राशिले आफ्नो ट्वीटर मार्फत जवाफ दिएकी छिन् । उनी भन्छिन् – ‘दक्षीण भारत फिल्मलाई लिएर मेरो बारेमा मनगढन्ते र गलत कुरा सामाजिक सञ्जालमा फैलिरहेको छ । जसले पनि यस्तो गरिरहेको छ उनीहरूलाई मेरो अनुरोध छ यस्तो हल्ला फैलाउन छोड्नुस म जुनसुकै भाषामा फिल्म खेलेपनि त्यसको सम्मान गर्छु । आउनुहोस् दयालु बनौँ’ ।

राशिले आफ्नो अभिनय यात्रा जोन अब्रहामको फिल्म ‘मद्रास क्याफे’ बाट सुरु गरेकी थिइन् । उनले तेलगु, मलयालम, र तमिल फिल्ममा पनि अभिनय गरेकी छिन् । हाल उनी दक्षिण भारतीय फिल्ममा ब्यस्त छिन् ।