मेगा बैङ्ककी सिइओ खुञ्जेलीले दिइन् राजीनामा

मेगा बैङ्ककी सिइओ खुञ्जेलीले दिइन् राजीनामा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सिइओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।

उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिँदै थियो । दोस्रो कार्यकालमा पनि उनी दोहोरिन चाहेकी थिइन् तर सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको बताइएकाे छ । खुञ्जेली नेपालका २७ वटा वाणिज्य बैङ्कमध्येको पहिलो महिला सिइओ हुन् ।