युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित


ग्लोब नेपाल
216
Shares

लन्डन । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो ।

आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याटि्रक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे । जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे । जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ । अर्को खेलमा आर्सनल ब्राइटनसंग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।

नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छनं।

नेयमार र एमबाप्पेले ३-३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्यो । पिएसजीको जितमा नेयमारले ६, ७१ र ८३ मिनेटमा गोल गरे । एम्बाप्पेले १७, ७४ र ८० मिनेट ह्याट्रिक पूरा गरे । घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए ।

गोलविहीन रहेका मेस्सीले ह्याट्रिक असिस्ट भने गरे । उनले एमबाप्पेलाई दुई असिस्ट दिए भने नेयमारलाई एक अन्तिम पास उपलब्ध गराएका थिए । जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।

रियल मड्रिडको सहज जित
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ । रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे ।

३८औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ ।

पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ । अर्को खेलमा एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए ।

बाकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।