पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध सेनाकाे पक्राउ आदेश

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध सेनाकाे पक्राउ आदेश

पाकिस्तानी सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई देश नछाड्न पनि भनेको छ । राजधानी इस्लामावादमा गए रातीदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ भने ठाउँमा ठाउँमा हतियारधारी फौज तैनाथ गरिएको छ



काठमाडौं । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको छ ।

संसदमा मतदान अघि नै सरकारी निवास छाडेर हिंडेका खानको निवासमा आज आइतबार बिहानै छापा मारिएको थियो । पाकिस्तानी सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई देश नछाड्न पनि भनेको छ । राजधानी इस्लामावादमा गए रातीदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ भने ठाउँमा ठाउँमा हतियारधारी फौज तैनाथ गरिएको छ ।

शनिबार राति पाकिस्तानको नेशलन एसेम्ब्लीमा भएको अविश्वास प्रस्तावमाथिको मतदानमा इमरान खानको सरकार पराजित भएको थियो । विपक्षीहरुले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शाहबाज सर्रिफ भोलि सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनसक्ने बताइएको छ ।

प्रस्तावित प्रधानमन्त्री सर्रिफले कसैविरुद्ध बदलाको भावना नराख्ने तर कानुनलाई काम गर्न पनि नरोक्ने बताइरहेको बेला निवर्तमान प्रधानमन्त्री खान विरुद्ध पक्राउ आदेश जारी भएको हो ।