कन्चनपुर–कमला चार लेन सडक विस्तार आयोजना किन अवरुद्ध (फोटो फिचर)

कन्चनपुर–कमला चार लेन सडक विस्तार आयोजना किन अवरुद्ध (फोटो फिचर)


ग्लोब नेपाल
1.3k
Shares

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्चनपुर कमला चार लेन सडक योजनाको निर्माण कार्य अवरुद्ध भएको छ । निर्माण कार्यको मौसममा निर्माण सामाग्रीको सत् प्रतिशत मूल्यवृद्धि भएको र मजदुर आन्दोलनले निर्माण कम्पनीले निर्माण कार्यलाई गति दिन सकेको छैन ।

नेपाल सरकारले तोकेको ज्यालामा काम गर्न नसकिने, ज्याला बढाउनुपर्ने लगायत अन्य सुविधाको माग गर्दै मजदुरहरुले आन्दोलन गरिरहेका छन् । सडकभर निर्माण मजदुर र मेसिन औजार चल्नुपर्ने बेला एकाध ठाउँमा निर्माण कार्य भएको पाइयो । उक्त सडक खण्डको निर्माण जिल्लामा चाइना रेल्वे इन्जिनियरिङ–२ ले लिएको छ ।

करिब ८७ किलोमिटर सडक विस्तार कार्य गर्नुपर्नेमा कामको प्रगति हेर्दा समयमै सकिने कुनै छाँटकाँट देखिँदैन ।