पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

६९ वर्षीय इमरान खान अविश्वास प्रस्तावबाट सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री



इस्लामावाद । पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै संसदले नयाँ प्रधानमन्त्री छान्न लागेको हो । पाकिस्तानको नेशनल एसेम्लीमा आज दिउँसो २ बजे प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।

इमरानको पार्टी तहरीक ए इंसाफले शाह महमूद कुरैशीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा विपक्षीका संयुक्त उम्मेदवार शहबाज शरीफसंग हुनेछ । आइतबार प्रधानमन्त्री खानविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा १ सय ७४ सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । ३ सय ४२ सदस्यीय ससदमा प्रस्ताव बहुमतले पारित भएको थियो ।

खानले आफु विदेशी षड्यन्त्रको शिकार भएको बताउंदै आएका छन् । ६९ वर्षीय इमरान खान अविश्वास प्रस्तावबाट सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री भएका छन्। नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् ।