महामन्त्री विश्वप्रकाशले सार्वजनिक गरे कांग्रेस गीत

महामन्त्री विश्वप्रकाशले सार्वजनिक गरे कांग्रेस गीत


ग्लोब नेपाल
864
Shares

काठमाडौं । गायिका एवं गीतकार गायत्री थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने उद्देश्यले कांग्रेस गीत ‘चार तारे झण्डा फरर’ बोलको गीत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेका छन् ।

कार्यक्रममा महामन्त्री शर्माले कलाकारका सृजनाले हरेक क्षेत्रमा धेरै ठूलो महत्व राख्ने भन्दै गीतकार गायत्रीको गीतले नेपाली कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा जिताउन ठूलो सहयोग पुग्ने बताए । उनले कतिपय कुराहरु आम मानिसले बुझ्न नसकेको अवस्थामा गीत संगितले स्पष्ट पार्ने भन्दै गीत र साहित्यको बल ठूलो हुने उल्लेख गरे ।

कार्यक्रममा गीतकार तथा गायिका गायत्रीले आफूले धेरै गीत गायन र लेखन गरेको भएपनि ‘चार तरे झण्डा फरर’ भन्ने कांग्रेस गीत राजनीति सम्बन्धि पहिलो सिर्जना भएको उल्लेख गरे । उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सघाउने उद्देश्य राखेर गीत ल्याएको बताइन् ।

गायत्रीले आफ्नो गीत मार्फत नेपाली कांग्रेसबारे आम मानिसलाई बुझ्न अझ सजिलो हुने उल्लेख गरिन् । लोक र आधुनिक गरेर थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका थापालाई ‘चार तरे झण्डा फरर’ को गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् । राजकुमार बगरको संगीत रहेको गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा विजय पुन, रीचा थापा, आरुसी मगर, जनार्दन आचार्यलगायत थुप्रैले अभिनय गरेका छन् । गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।

लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय गायिका गायत्री कलाकारिताको अलवा सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । गुल्मीमा जन्मेकी गायत्रीले कर्मथलो भने काठमाडौंलाई बनाएकी छन् ।