सैनिक इलाकामा भेटिएको वस्तु फुटाएर बेच्‍न खोज्दा….

सैनिक इलाकामा भेटिएको वस्तु फुटाएर बेच्‍न खोज्दा….


ग्लोब नेपाल
189
Shares

काभ्रे । सैनिक इलाकामा भेटिएको वस्तु घरमा ल्याएर फुटाएर बेच्‍न खोज्दा पड्किएर काभ्रेमा एक जना घाइते भएका छन् । सेना तालिमका क्रममा पड्काएको मोर्टार बम घरमा ल्याएर कवाडमा बेच्नको लागि फुटाउन खोज्दा बनेपा –२, घिमिरे गाउँमा २४ बर्षीय मोहन विक घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए । विकको उपचार काठमाडौं बिएण्डबी अस्पतालमा भइरहेको छ ।

मोहनको दाहिने हातको आधा भाग क्षति भएको छ भने टाउकोमा चोट लागेको छ । बनेपा-२, का केही स्थानीयहरूले सामुदायीक जङ्गलमा नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू (सिसा, फलाम, तामा लगायत ) सङ्कलन गरी प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेका छन् ।

मोहनको परिवारले नेपाली सेनाले अभ्यासका लागि विस्फोट गराएका बमका टुक्राहरू (सिसा, फलाम, तामा लगायत ) सङ्कलन गर्ने गरेका थिए । मोहनको घरमा पनि ५ वटा मोर्टार ल्याएको र फुटाएर हेर्ने क्रमा विस्फोट भएको प्रत्यक्षदर्शी रहेका घाइतेकी आमा शोभा विकले बताइन् ।

अन्य ४ सेनाको धुलिखेलस्थित विष्णु दल गणको टोलीले डिस्पोज गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।