धरहराका ठेकदार मेयरमा उठ्ने

धरहराका ठेकदार मेयरमा उठ्ने

‘मलाई केहीको लोभ छैन, मेरो अनुभव र क्षमता जनकपुरलाई दिने इच्छा छ । यही इच्छा पूरा गर्न मेयर पदमा उम्मेदवारी दिँदैछु ।’


ग्लोब नेपाल
327.5k
Shares

जनकपुर । स्थानीय निर्वाचनमा निर्माण व्यवसायीले उम्मेदवार बन्न पाउने कि नपाउने बहस चलिरहेका बेला रमन कन्स्ट्रसनका मालिक बलराम महतोले जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने घोषणा गरेका छन् । उनले गत शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेयर पदमा उम्मेदवार दिने घोषणा गरेका हुन् ।

समयसीमाभित्रै धरहरा ठड्याएर निर्माण व्यवसाय क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका महतोले कुनै पनि राजनीतिक दलमा आबद्ध नभइ स्वतन्त्र उम्मेदवारी दिने पत्रकार सम्मेलनमा घोषणा गरे । उनले भने, ‘मलाई केहीको लोभ छैन, मेरो अनुभव र क्षमता जनकपुरलाई दिने इच्छा छ । यही इच्छा पूरा गर्न मेयर पदमा उम्मेदवारी दिँदैछु ।’

रमन कन्स्ट्रक्सनका संस्थापक बलराम महतोको सम्पूर्ण व्यवसाय यतिबेला दुई छोरा रमन र पवन महतोले सम्हालेका छन् । रमनले अमेरिकामा अध्ययन पूरा गरेर नेपालमा व्यवसाय सम्हाल सुरु गरेका हुन् ।

अर्का छोरा पवनले नेपालबाटै इन्जिनियरिङको अध्ययन पूरा गरेका हुन् । निर्माण व्यवसायमा रमन कन्स्ट्रसनको राम्रो छवी देखिएको छ । निर्माण व्यवसायका अलावा उनीहरुले अन्य विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेका छन् ।