झारखण्डमा केबलकार दुर्घटना : दुईको मृत्यु

झारखण्डमा केबलकार दुर्घटना : दुईको मृत्यु


ग्लोब नेपाल
216
Shares

रन्चि । झारखण्डको देवघर जिल्लाको त्रिकुट पहाडमा आइतवार केबलकार ठोक्किदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको त्यँहाका अधिकारीहरूले बताएका छन् । पछिल्लो विवरण अनुसार दर्जनौं मानिस अझै पनि डिब्बामा फसेका छन् । भारतीय वायुसेनाका दुईवटा हेलिकप्टरको सहयोगमा उद्धार कार्य जारी रहेको बताइएको छ । त्यँहाका एक अधिकारीले भने, ‘घटना प्राविधिक समस्याका कारण भएको देखिन्छ, वास्तविक कारण पत्ता लगाउन बाँकी छ ।’ घटनापछि रोपवे प्रबन्धक र अन्य कर्मचारीहरू घटनास्थलमा नरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

राष्ट्रिय प्रकोप उद्धार बल (एनडीआरएफ) को टोली उद्धार कार्यका लागि घटनास्थलमा पठाइएको छ । इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) ले उद्धार कार्यमा सहयोग गरिरहेको छ भने स्थानीयवासीले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन् । केही मानिस अझै पनि रोपवेमा फसेका छन् । पर्यटकहरुलाई भने सकुशल बाहिर निकालिएको छ ।

झारखण्ड पर्यटनले बाबा वैद्यनाथ मन्दिर नजिक रहेको त्रिकुट रोपवे भारतको सबैभन्दा अग्लो ठाडो रोपवे भएको बताएको छ । बाबा वैद्यनाथ मन्दिरबाट करिब २० किलोमिटर टाढा रहेको रोपवे करिब ७६६ मिटर लामो छ भने ३९२ मिटर अग्लो छ । रोपवेमा प्रत्येकमा चार जना बस्न सक्ने गरी २५ वटा डिब्बा रहेका छन् ।