को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?

को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?


ग्लोब नेपाल
405
Shares

शहबाज शरीफ अन्ततः पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् । संसदको १ सय ७४ सांसदको समर्थनमा उनी पाकिस्तानको प्रधानमन्त्री चुनिएका हुन् ।

सन् १९५१ मा पाकिस्तानको लाहोरमा जन्मेका शहबाज आफ्नो परिवारका साथको भारतको पञ्जाबको अमृतसरमा एक गाउँमा बसोबास गर्दै आएका थिए । सन् १९४७ मा भारत विभाजनपछि उनको परिवार पाकिस्तानको लाहोर पुगेको हो ।

लाहोरको एक विश्वविद्यालयबाट स्नातक सम्मको पढाइ गरेका शहबाजले त्यसपछि आफ्ना पिताको व्यवसाय सम्हालेका थिए । सन् १९८८ मा पाकिस्तान पञ्जाब विधानसभा र सन् १९९० मा नेशनल एसेम्ब्लीमा नेता चुनिएका उनी सन् २०१८ सम्म नेशनल ऐसेम्ब्ली रहिसकेका छन् ।

शहबाज सन् १९९७ देखि सन् १९९९ सम्म पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री समेत भएका थिए । मुख्यमन्त्री पदमा रहँदा उनले बेइजिङद्वारा वित्तपोषित परियोजनाहरूमा चीनसँग निकट रहेर प्रशासनिक कौशलता प्रदर्शन गरेका थिए ।

शहबाजका दुई दाजुमध्ये नवाज शरीफ पाकिस्तानका लागि ३ पटक प्रधानमन्त्री भइसकेका छन् भने अर्का दाजु मियाँ अब्बास शरीफ पाकिस्तानका एक राजनेताको रूपमा परिचित थिए । उनको सन् २०१३ मा निधन भएको थियो । पछिल्लो समय बहुविवाह र अवैध धनसम्पत्ति आर्जन गरेको भन्दै शहबाजको आलोचना भएको थियो ।