काठमाडौँका खाली जग्गा भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँका खाली जग्गा भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौँका ठाउँ ठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् ।

‘भूमाफियाहरूले जथाभावी ठाउँ ठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् पनि थाहा छैन । भोलि काठमाडौँमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुपर्छ, प्रधानमन्त्री देउवाले भने, खाली ठाउँ सबै आफ्नो नाममा गरेका छन् । यसमा पनि सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौँका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्छ ।’

त्यस्तै फरक प्रसङ्गमा उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे ।