नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै


ग्लोब नेपाल
270
Shares

आइतबारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचन कार्यतालिका प्रकाशित भए पनि भरसक शीर्ष तहमा सहमतिको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताए । उनले सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा कार्यतालिका अनुसार मतदान प्रक्रिया आरम्भ हुने बताए ।

निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताएका छन् । उनले सहमति नहुँदा लोकतान्त्रिक पद्धतीबाट चयन प्रक्रिया अगाडी बढ्ने बताए । नेपालको यातायात क्षेत्र विभिन्न संकटले ग्रस्त भएको अवस्थामा देशभरका यातायात व्यवसायीहरुको संरक्षण गर्नसक्ने नयाँ नेतृत्व आउनुपर्ने उनले जोड दिए ।

निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन् ।