लकडाउनमा रक्सी पार्टी गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना

लकडाउनमा रक्सी पार्टी गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिमाना


ग्लोब नेपाल
270
Shares

लन्डन । कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिमाना गरिने भएको छ । प्रधानमन्त्री कार्यलय डाउनिङ स्ट्रिटका प्रवत्ताले भनिन्, ‘ प्रधानमन्त्री र अर्थमन्त्रीलाई महानगरीय प्रहरीले निश्चित जरिमानको सूचना जारी गर्न लागेको छ ।’उनीहरूलाई कति जरिमाना गर्न लागिएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन् ।

बेलायतमा कोभिड महामारीका कारण सरकारले तेस्रो लकडाउन गरेर सर्वसाधारणलाई घरभित्रै बस्न बाध्य पारिरहेका बेला डाउनिङ स्ट्रिट र क्याबिनेट कार्यलयमा १२ ओटा जमघट आयोजना भएका थिए ।

‘रक्सी’ पार्टीको बेलायत र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका मुख्य समाचारका विषय बनेका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्रीमाथि राजीनामा दिन चौतर्फी दबाब परेको थियो ।

कोभिड पीडितका परिवारलेसमेत प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘बोरिस जोनसन र ऋषि सुनकले कानून तोडेका छन् र बेलायती जनतालाई पटक पटक झूट बोलेका छन्’ विपक्षी लेबर पार्टीका नेता केयर स्टाररले ट्वीट गरे, ‘उनीहरूले राजीनामा दिनुपर्छ । कन्जरभेटिभ पार्टी सत्ता चलाउन पूर्णरुपमा अयोग्य छ । बेलायत अझ राम्रो हकदार छ ।’

यसैबीच, महानगरीय प्रहरीले भनेको छ, ‘ह्वाइटहल र डाउनिङ स्ट्रिटमा कोभिड–१९ नियम उल्लंघन गरेको आरोपको अनुसन्धान जारी छ ।’