ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु


ग्लोब नेपाल
378
Shares

हर्कपुर । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिक–६ स्थित भडारे खोला नजिकै आज (बुधबार) बिहान ब्रेक फेल भई जीप दुर्घटना हुँदा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित सात प्रहरी घाइते भएका छन् । घाइतेलाई नेपाल आर्मीको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बा. १७ च १०९४ नम्बरको बलेरो जीप दुर्घटना हुँदा प्रहरी हवल्दार भुपेन्द्र कार्की र जवान मानिक राजबंशीको घटनास्थलमै निधन भएको हो । त्यसैगरी घाइतेहरुमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायव निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार भुपेन्द्र खनाल, बिशाल श्रेष्ठ, प्रहरी जवानहरु रुपन बिष्ट र चालक लीलाप्रसाद खनाल रहेका छन् । जिप सोलुखुम्बुबाट बिराटनगर तर्फ जादैँ थियो ।