कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिकाे बैठक आज शुक्रबार बस्दैछ । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काकाे संयाेजकत्वमा समिति गठन गरेकाे थियाे । समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।

कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाे छ ।