सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोग दर्ता गर्दा पेस भएको कागजात

सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोग दर्ता गर्दा पेस भएको कागजात


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग दर्ता गर्दा पेस भएको कागजात झिकाउने आदेश गरेको छ । महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले शुरुमै कागजात झिकाउने आदेश गरेको हो ।

त्यो मुद्दा शुरुमै संवैधानिक इजलासमा पेस भएको थियो । अब संवैधानिक इजलासले झिकाइएका कागजात अध्ययन गर्छ । त्यसपछि मात्रै कारण देखाउ आदेश अनि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा प्रवेश हुन्छ ।

अधिवक्ता डा। पुण्यप्रसाद खतिवडाले महाभियोग विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । त्यही निवेदनमाथि शुक्रबार सुरुवाती बहस भएको हो । अधिवक्ता त्रिलोकबहादुर चन्दले पेस गरेको अर्को निवेदनलाई सर्वोच्च अदालतले साथै राख्न आदेश दिएको छ ।