२० देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु

२० देशका राजदूतको सुनुवाइ प्रक्रिया सुरु


ग्लोब नेपाल
243
Shares

काठमाडौं । सरकारले सिफारिस गरेका २० देशका राजदूतको सुनुवाइ प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाइ समितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको हो । बैठकले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो

गत चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी डिल्लीराज पौडेललाई मलेसिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबका लागि राजदूत सिफारिस गरिएको थियो ।

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो । प्रस्तावित राजदूतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानबिन गर्नेछ ।