पल शाहको मुद्दामा साक्षीको बकपत्र लिन सुरु

पल शाहको मुद्दामा साक्षीको बकपत्र लिन सुरु


ग्लोब नेपाल
945
Shares

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका ‘नायक’ पूर्णविक्रम शाह भनिने पल शाहको मुद्दामा बकपत्र लिन सुरु गरिएको छ । तनहुँ जिल्ला अदालतमा शाहको मुद्दामा आज आइतबारबाट साक्षीको बकपत्र लिन सुरु गरिएको हो । प्रमाण मुकररका लागि लिइने साक्षी बकपत्रमा सरकारी र प्रतिवादीले राखेका नामहरुबाट बकपत्र लिइने अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन । उनका अनुसार पीडित युवती र उनका पिताको पनि बकपत्र लिइने छ ।

शाह यतिबेला जिल्ला अदालत तनहुँको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि गत चैत १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुठो आश्वासन दिई पहिले पनि पटकपटक जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिएको अदालतको आदेशमा उल्लेख छ ।