भरतपुर महानगर र चार उपमहानगरको नेतृत्वमा माओवादीको दाबी

भरतपुर महानगर र चार उपमहानगरको नेतृत्वमा माओवादीको दाबी

११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौँडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौँ, ललितपुर र विराटनगर नेपाली काँग्रेसले लिएर तीन वटा अरू दललाई दिन प्रस्ताव गरेका हुन् ।

भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतको भनाइ छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौँडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।