नेविसंघमा अहिलेसम्म को–को भए सभापति ?

नेविसंघमा अहिलेसम्म को–को भए सभापति ?


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थीसंघले आज आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ । ५२ बर्ष अघि स्थापना भएको नेविसंघमा अहिलेसम्म २० जना सभापति बनेर नेतृत्व सम्हालेका छन् । नेविसंघका सस्थापक तथा पूर्वअध्यक्ष शेरबहादुर देउवा अहिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति हुनुहुन्छ भने अधिकांश नेता राजनीतिमै सकृय रहेका छन् ।

हेरौ नेपाल विद्यार्थी संघको अध्यक्ष को कहिले बने त ?
पहिलो महाधिवेशन २०२७ : विपिन कोइराला (निर्वाचित)

दोस्रो महाधिवेशन २०२८ : शेरबहादुर देउवा (सर्वसम्मत)

तेस्रो महाधिवेशन २०३६ : विमलेन्द्र निधि (सर्वसम्मत)
२०३९ : ज्ञानेन्द्र कार्की (तदर्थ)

चौथो महाधिवेशन २०४० : बलबहादुर केसी (सर्वसम्मत)

पाँचौ महाधिवेशन २०४४ : बालकृष्ण खाण (सर्वसम्मत)

छैटौँ महाधिवेशन २०४८ : एनपी साउद (निर्वाचित)
२०५३ : धनराज गुरुङ (तदर्थ) सात महिना

सातौ महाधिवेशन २०५३ : गोविन्द भट्टराई (सर्वसम्मत)

आठौ महाधिवेशन २०५७ : विश्वप्रकाश शर्मा (निर्वाचित)

आठौ महाधिवेशन (पार्टी फुट्दा) किशोरसिंह राठौर तदर्थ समितिका सभापति,
: कल्याण गुरुङ निर्वाचित

नवौ महधिवेशन २०५९ : गुरुराज घिमिरे (निर्वाचित)
२०६१ : केशव सिंह (तदर्थ समिति)
२०६२ : महेन्द्र शर्मा (तदर्थ समिति)

१०औ महाधिवेशन २०६४ : प्रदीप पौडेल (निर्वाचित)
२०६९ : रञ्जित कर्ण (तदर्थ समिति)

११औ महाधिवेशन २०७३ : नैनसिंह महर (निर्वाचित) सभापति
२०७५ : राजीव ढुंगाना तदर्थ समितिका सभापति
२०७८ : दुजाङ शेर्पा तदर्थ समितिका सभापति