संघाइका ६८ लाख बासिन्दालाई अन्यत्र सारेर शहर निसंक्रमण गर्ने तयारी

संघाइका ६८ लाख बासिन्दालाई अन्यत्र सारेर शहर निसंक्रमण गर्ने तयारी


ग्लोब नेपाल
216
Shares

कोरोना संक्रमण बढेसँगै लकडाउन गर्दै आएको चीनकाे संघाइ शहरका उत्तरी क्षेत्रका बासिन्दालाई अन्यन्त्र सारेर निसंक्रमण गरिने भएको छ । चीनले शून्य कोभिड नीति अनुरुप संक्रमण नियन्त्रण गर्न झण्डै ६८ लाख सर्वसाधारणलाई अन्यत्र सारेर शहर नै निसंक्रमण गर्न लागेको हो ।

संघाइको पिङयाङ शहरका बासिन्दालाई झण्डै १ सय ६० किलोमिटर टाढा जिन्जियाङ शहरमा क्वारेन्टिन सुविधा दिएर स्थानान्तरण गर्न लागिएको जनाइएको छ । उनीहरुलाई विभिन्न ५० हजार स्थानमा राखिने भएको छ । बालबालिका, वृद्धवृद्धा र अपाङगता भएका मानिसलाई स्थान्तरण गर्न नपर्ने छुट दिइएको छ । झण्डै दुई सातामा निसंक्रमण गरिने जनाइएको छ ।

निसंक्रमण गर्दा संक्रमित रहेका पूरै घरहरुलाई निसंक्रमण गरिनुका साथै शहरी सडक, चोक, पार्क लगायत सर्वसाधारणको सम्पर्क हुने सबै स्थानलाई समेटिने छ । शून्य कोभिड नीतिका कारण चीनिया अधिकारीहरु संक्रमण नियन्त्रण गर्ने चर्को दवाबमा छन् ।