सिटीको सानदार जित, टोटनहम रोकियो

सिटीको सानदार जित, टोटनहम रोकियो

ग्लोब नेपाल
216
Shares

लन्डन । फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ । घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए ।

सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।

लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्‍याे । अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले ।

सिटीको सानदार जित, टोटनहम रोकियो

फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ । घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए ।