पूर्वराज्यमन्त्री डिम्पलको निधन

पूर्वराज्यमन्त्री डिम्पलको निधन


ग्लोब नेपाल
297
Shares

काठमाडौं । पूर्वराज्यमन्त्री एवं लाेकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आइतबार राति काठमाडाैंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

डिम्पल पछिल्लाे दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन् ।