सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रुग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमान सिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौँमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताए । उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।