एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकलाई ५,००० रुपैयाँसम्मको विभिन्न मर्चेण्टहरुमा आकर्षक छुट योजना

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकलाई ५,००० रुपैयाँसम्मको विभिन्न मर्चेण्टहरुमा आकर्षक छुट योजना


ग्लोब नेपाल
297
Shares

एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५,००० रुपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

जसअनुसार दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फुड बाईट, युजी बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यति एयरालाइन्स, सोनी लाइभ र अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC Asia MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त सकिनेछ ।

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएका प्रोमो कोड वा डिस्काउण्ट लिंक पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको प्रोमो कोड वा डिस्काउण्ट लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।

यो योजनाका लागि ग्राहकहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहकले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई केवाईसी फर्म भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ ।

हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकहरुलाई मिस्ड कलबाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकहरुले ९८०१२२७७५५ मा मिस्ड कल दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्न सकिनेछ । र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रियाबारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।