‘चुनाव आयो कि मिटू !’

‘चुनाव आयो कि मिटू !’

हामी यस्ता कुराहरूमा होइन, महान् उद्देश्यमा अघि बढेका छौँ । ओलीले महिला अधिकार, अस्मिता र सुरक्षाको सम्मानमा एमाले जति सजग अरू कोही नभएको बताएका छन्


ग्लोब नेपाल
619.1k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापितको बचाउ गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा ओली र एमालेका मेयरका उम्मेदवार स्थापित सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मात्र मिटूको मुद्दा उठाइएको बताए ।

उनले भने, ‘मिटू १ मिटूको के जवाफ हुन्छ ? चुनाव आयो कि मिटू । हामी यस्ता कुराहरूमा होइन, महान् उद्देश्यमा अघि बढेका छौँ । ओलीले महिला अधिकार, अस्मिता र सुरक्षाको सम्मानमा एमाले जति सजग अरू कोही नभएको बताएका छन् ।