केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै

केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै


ग्लोब नेपाल
459
Shares

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् ।

निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पारे ।

कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिएका छन् । घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व कांग्रेसमा आएमा जनताको चाहना, भावना अनुसार काम गर्ने बताए । उनले विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहँदै आएको दावी गर्दै समय सुहाउँदो महानगरको निर्माण नै आफ्नो अभियान रहेको धारणा राखे ।