भरतपुरका उम्मेदवार पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वतः निष्कासित

भरतपुरका उम्मेदवार पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वतः निष्कासित

उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा जानकारी गराइन्छ


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका शुक्रवार अपराह्न ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवार स्वतः पार्टीबाट निष्कासनमा परेका छन् । भरतपुर उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू काँग्रेसको निर्णयअनुसार स्वतः निष्कासनमा परेका हुन् ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार विज्ञप्ति निकाल्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए। काँग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासन गर्ने निर्णय गरेको थियो ।

‘स्थानीय तहको निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे-गराएको भए आज अपराह्न ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ।

उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।