भोलि हेटौंडामा अध्यक्ष ओली गर्जिने

भोलि हेटौंडामा अध्यक्ष ओली गर्जिने


ग्लोब नेपाल
162
Shares

हेटौंडा । भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।