मन्त्रिपरिषद् बैठक ११ बजे, दुबै प्रहरी संगठनको आईजीपी नियुक्ति गरिने

मन्त्रिपरिषद् बैठक ११ बजे, दुबै प्रहरी संगठनको आईजीपी नियुक्ति गरिने

सशस्त्रमा एक मात्र एआईजी भएकाले राजु अर्याल नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। यता नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी छन्, त्यसमध्ये सबै हिसाबले एआईजी विश्वराज पोखरेल सिनियर हुन् ।


ग्लोब नेपाल
5.8k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री कार्यालयको सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिने छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज उक्त निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसीसहितका अधिकारीहरु आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। महानिरीक्षक थापा क्षेत्रीका लागि प्रहरी प्रधान कार्यालयले आजै बिदाइ कार्यक्रमसमेत राखेको छ ।

सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। यता नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी छन्, त्यसमध्ये सबै हिसाबले एआईजी विश्वराज पोखरेल सिनियर हुन् । पोखरेललाई नै सरकारले आईजीपीमा बढुवा गर्ने प्रबल सम्भावना रहेको समाचारस्रोतको दाबी छ ।