सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस

सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ वैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ ।

समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौं, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्खेत र २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुलासभा गर्ने निर्णय शनिबार गरेको थियो ।