धिरजप्रताप सिंह आईजीपी नियुक्त

धिरजप्रताप सिंह आईजीपी नियुक्त


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा बढुवा गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ । हालका आइजिपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधिका कारण आज (आइतबार) देखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

२०२४ सालमा दैलेखको विजौरामा जन्मिएका सिंह ३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा अब एक वर्ष प्रहरी सङ्गठन चलाउने छन् ।