एआईजी पोखरेल र थापा अदालत जाने

एआईजी पोखरेल र थापा अदालत जाने


ग्लोब नेपाल
5.9k
Shares

काठमाडौं । सरकारले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा बढुवा गरेपछि सिनियर एआईजीहरु विश्वराज पोखरेल र सहकूल थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् । अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा छन् ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई पन्छाउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।