माओवादी आक्रमणबाट कांग्रेसका ४ उम्मेदवार गम्भीर घाइते

माओवादी आक्रमणबाट कांग्रेसका ४ उम्मेदवार गम्भीर घाइते


ग्लोब नेपाल
270
Shares

काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन ।

जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

कार्यकर्ताले उम्मेदवार बुढालगायतका कांग्रेस नेतामाथि आक्रमण गरेपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामाग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ । घरका ढोकासमेत तोडफोड गरिएको छ । वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनुअघि माओवादीका कार्यकर्ता थिए । कांग्रेस प्रवेश गरेपछि उनले वडाध्यक्षको टिकट पाएको बताइएको छ ।

रुकुम पश्चिममा केन्द्रको भन्दा फरक राजनीतिक गठबन्धन छ । गठबन्धनको मर्म विपरित यहाँ नेपाली कांग्रेस र नेकपा एमालेकाबीच चुनावी तालमेल गरिएकाे छ। नगरपालिकादेखि सबै ठाउँको प्रमुखका नेपाली कांग्रेस र उप्रमुखमा एमालेले तालमेल गरी उम्मेदवारी दिएका छन । नेकपा माओवादी केन्द्रको रुकुम पश्चिममा एकल उम्मेदवारी परेको छ ।