सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवार पेशी

सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवार पेशी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । जुनियर एआईजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेस सुनिता राउतले रिट दर्ता गरेकी हुन् ।

भोलि मंगलबार सार्वजनिक बिदा परेको हुनाले रिटको आगामी बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सिंहको एआईजीमा बढुवा हुँदा परेको रिटको सुनवाइ पनि आजै परेको थियो । महानिरीक्षक पदमा बढुवाविरुद्ध अर्को रिट निवेदन परेको हुनाले दुवै निवेदनमाथि बुधबार सुनवाई हुने सूचना अधिकृत ढकालले जानकारी दिए ।