उम्मेदवारी निष्क्रिय गर्न बागीलाई काँग्रेसको निर्देशन

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई काँग्रेसको निर्देशन


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेसका नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय बनाउँदै आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न निर्देशन दिएको छ ।

वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा सहयोग गर्न काँग्रेसले निर्देशन दिएको हो । सोमबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा यस्तो बताइएको हो ।

त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रूपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारिक उम्मेदवारको पक्षमा लाग्न काँग्रेसले निर्देशन दिएको हो ।