भुवन केसी, रवीन्द्र र श्वेता खड्का काँग्रेस प्रवेश

भुवन केसी, रवीन्द्र र श्वेता खड्का काँग्रेस प्रवेश

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले गरे स्वागत


ग्लोब नेपाल
837
Shares

काठमाडौँ । अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई काँग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौँ १ बाट संसदको टिकटको लागि सिफारिस भए पनि विरोधका कारण टिकट भने पाएनन् ।