आगामी दुवै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : ओली

आगामी दुवै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : ओली

पाँचै दललाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन


ग्लोब नेपाल
189
Shares

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्ता साफ’ गर्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यङ्ग्य गरे । उनले भने, ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । ओलीले भने, ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरू बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ । एमालेसँग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’ उनले भने, ‘गठबन्धन उहाँहरूलाई कति फापेको छ उहाँहरू जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ ।’