भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने


ग्लोब नेपाल
540
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।

कांग्रेसको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ । पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूलाई अब स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्न समेत निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन समेत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।