कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका दुईवटा गाडीमा आगजनी

कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका दुईवटा गाडीमा आगजनी


ग्लोब नेपाल
189
Shares

काठमाडौ । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएकाे छ । निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे । वीरेन्द्रनगर नगरपालिका–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राती आगजनी गरेको हो । अज्ञात समूहले स्कर्पियो र मिनी बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो । २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले बताएकाे छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।